Breaking News
कोरोना भाइरस : २ लाख ५८ हजारको मुत्यु, १२ लाख ३९ हजार उपचारपछि घर फर्किए

काठमाडौं, बैशाख २४-
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् ।
२२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् ।
युरोपियन मुलुकहरुमा १ लाख ४४ हजार १०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९३ हजार ९७३ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ७९ हजार ४३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ४७ हजार २९ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २० हजार ४५० जनाको मृत्यु भएको छ । ५ लाख ८७ हजार १९२ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार ९८१ जनाको मृत्यु भएको छ । २ लाख ३६ हजार ८२५ जना संक्रमित छन् ।
सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर छ ।