Breaking News
पुरोना मेडिकल कलेजमा एक महिलाको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब काठमाडौं पठाईयो
०
चितवन, वैशाख २४–
चितवनको भरतपुर–१०, स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको छ ।
रुपन्देही स्थायी घर भइ हाल पूर्वीचितवनको खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको मृत्यु भएको हो । मंगलबार दिउँसो उमादेवीलाई ज्वरो आएको थियो भने दम र प्रेसरको समेत समस्या थियो । लगत्तै उनलाई पुरोना मेडिकल कलेज ल्याइएएको थियो । उनको उपचारको क्रममा मंगलबारराती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
यसअघि पनि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>