समाचार

चन्द समूहका नेता विरही चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ

Banner

चितवन, २३ वैशाख-

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गर्दैगर्दा उनी पक्राउ परेका हुन् । उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराइएको उहाँले जानकारी दिनुभयो ।

भ¥याङबाट लडेपछि बिरहीलाई परिवारले उपचारका लागि अस्पताल ल्याएको जनाएका छन् । उनी रत्ननगर नगरपालिका–५ निवासी हुन् । विरही अस्पतालमा उपचाररत रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । विरहीले चन्द समूहको प्रकाशन विभाग प्रमुख हेर्दै आउनुभएको छ । उहाँ तत्कालीन एकीकृत नेकपा माओवादी चितवनको इन्चार्ज हुनुहुन्थ्यो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>