Breaking News
सहमतिका लागि बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, बैशाख २३-
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
अहिले (मंगलबार बिहान) बालुवाटारस्थित प्रधानमन्त्रीकाे सरकारी निवासमा भेला भएका छन्।
केही दिनयता जारी पार्टीभित्रका विवाद समाधानका लागि नेता त्रय बिहानै छलफलमा जुटेका हुन् ।
सोमबार दिउँसो ओली र प्रचण्डबीच सहमति नभएको देखिन्छ । शनिबार बसेको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गराउन ओलीले आनाकानी गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गरेका थिए।
सोही कारण अहिले बिहान ओली, प्रचण्ड र नेपालबीच छलफल भइरहेको नेकपा स्राेतले जानकारी दिएकाे छ।
यता अध्यादेश फिर्ता भैसकेपनि कुवेलामा अध्यादेश किन ल्याइयो भनेर त्यसको जवाफ प्रधानमन्त्रीबाट खोज्ने तयारी भइरहेको छ । स्थायी समिति बैठकअघि भोलि सचिवालय बैठक बस्दैछ ।