अन्तर्राष्ट्रिय

दिल्लीमा रक्सीको मूल्यमा कोरोना शूल्क, मूल्य ७० प्रतिशतले बढ्यो

Banner

काठमाडौँ, वैशाख २३-

दिल्ली सरकारले सोमबार बेलुका रक्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शूल्क’ लगाउने निर्णय गरेको हो । भारतको दिल्लीमा रक्सी (मदिरा) को मूल्य ७० प्रतिशतले बढेको छ ।

सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो, जस अन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको थियो । सोमबार बेलुका दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शूल्क थप गर्ने निर्णय गरेको हो ।

मदिराको बोतलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था पिटिआईले जनाएको छ ।

मंगलबारदेखि नै थप भएको विशेष कोरोना शूल्कसहित मदिरा बिक्री हुन थालेको जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>