Breaking News

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

Banner

काठमाडौं, वैशाख २३–

नेपालगञ्जमा थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>