Breaking News

नेपालगञ्जमा भोलिदेखि तीन दिन कर्फ्यू

Banner

नेपालगञ्ज, वैशाख २२–

लगातार कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढ्दै गएपछि बाँके प्रशासनले भोलि (मंगलबार)देखि तीन दिनसम्म नेपालगञ्ज उपमहानगरपालिकामा निषेधज्ञा (कर्फ्यू) लगाएको छ ।

लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले कर्फ्यू लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>