चितवन विशेष
चितवनमा सवारी पास बन्द
०

चितवन, वैशाख २२–
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन चितवनमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज (सोमबार) एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि चितवन जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ईश्वर सिंखडाद्वारा जारी सूचनामा बन्दाबन्दी (लकडाउन)लाई प्रभावकारी रुपमा लागु गर्नका लागि यस जिल्लाबाट बाहिरी जिल्लामा जानका लागि सवारी पास जारी नहुने उल्लेख गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>