देश/प्रदेश
संसद सचिवालयको महासचिवमा गौतम
०

काठमाडौं, वैशाख २२–
संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आज (सोमबार) महासचिवमा नियुक्त गरेकी हुन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ( राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की निवासी भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>