Breaking News

लकडाउन फेरी २ हप्ता थप्ने तयारी, संक्रमित देखिएका क्षेत्रमा अझ कडाइ गरिने

Banner

काठमाडौँ, वैशाख २२-

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्ने तयारी गरेको छ ।

गृह मन्त्रालयका एक अधिकारीले आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको गृह मन्त्रालयका ती अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>