Breaking News

चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि ‘पोजिटिभ’

Banner

चितवन, वैशाख २१–

चितवनकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको लगातार गरिएको चौथो परीक्षण रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ । हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजिटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

कोरोना संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसंगै संक्रमण देखिएको २७ वर्षीय युवक भने यसअघि नै निको भएर डिस्चार्ज भएका छन् । यद्यपी उनी संक्रमित आमाको हेरचाह गरिरहेका छन् । वैशाख ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा दुवै जनाको कोरोना पोजिटिभ देखिएको थियो भने वैशाख ५ गते टेकु प्रयोगशाला काठमाडौंमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट आएर चैत ५ गते राप्ती नगरपालिका–८ स्थित घर आइपुगेका थिए ।

भरतपुर अस्पतालले शनिबार संक्रमित महिलासहितको १२ जनाको नमुना परीक्षणका लागि हेटौंडा पठाएको थियो । अन्य ११ जनाको भने रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>