चितवन विशेष
प्रेस स्वतन्त्रता दिवसमा प्रेस युनियन चितवनको शुभकामना

चितवन, वैशाख २१–
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले सम्पूर्ण पत्रकारहरुमा शुभकामना व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष अनिल ढकालले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बाबजुत पनि निरन्तरत कार्य क्षेत्रमा खटिएकोमा उच्च सम्मान गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरेको हो । प्रेस युनियन राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार, संचारमाध्यमको हितका पक्षमा सदैव साथमा रहेको प्रतिवद्धता व्यक्त शुभकामना व्यक्त गरेको हो ।
दिवसकै अवसरमा प्रेस युनियन चितवनले चितवनमा पछिल्लो समय भएका प्रेस बिरोधी गतिविधिप्रति पुनः ध्यानाकर्षण भएको जनाउँदै सरकारी पक्षबाट पत्रकारमाथि भएका ज्यादती र दमनको भत्र्सना गर्दै आगामि दिनमा त्यस्ता गतिविधि नदोहो¥याउन आग्रह समेत गरेको छ । यस्तै पछिल्लो समयमा केन्द्रदेखि स्थानीय तहसम्ममै राजनैतिक दलहरु नै प्रेस स्वतन्त्रता प्रति गम्भिर नभएको घटनाहरुले देखाएको युनियनको ठहर छ ।
प्रेस युनियनले पत्रकारहरुलाई निर्धक्क भयरहित वातावरणमा समाचार लेख्न वातावरण सिर्जना गर्न सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, आम नागरिकमा आह्वान समेत गरेको छ । प्रत्येक वर्ष मे ३ तारिखका दिन विश्वरभर प्रेस स्वतन्त्रता दिवस मनाउँदै आइरहेको छ ।