अन्तर्राष्ट्रिय
२० दिनपछि सार्वजनिक भए किम जोङ–उन

एजेन्सी,बैशाख २०-
उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्।
नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।
नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ । तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका थिए ।