चितवन विशेष
प्रेस संगठन चितवनले पत्रकार महासंघलाई दियो २ हजार सर्जिकल मास्क

चितवन,बैशाख १९-
प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री दिएको छ । महासंघलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही परिमाणमा सेनिटाईजर छ । संगठनका जिल्ला संयोजक प्रकाश ज्ञवाली र सह-संयोजक तीर्थ नेपालले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायण अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरे ।
वाग्मती प्रदेशका सांसद एवं नेपाल कम्युष्टि पार्टी (नेकपा) चितवनका ईञ्चार्ज कृष्ण खनालले बिहीबार संगठनलाई मास्क र सेनिटाईजर प्रदान गरेका थिए । यस्तै प्रेस संगठनका केन्द्रिय सदस्य सुरेशचन्द्र अधिकारीले समेत केही थान स्वास्थ्य सामग्री संगठनलाई उपलब्ध गराएको संयोजक ज्ञवालीले जानकारी दिए । संगठनले एकद्धार प्रणली अन्तरगत पत्रकार महासंघ चितवन शाखालाई सामान हस्तान्तरण गरेको उनले बताए ।
सो अवसरमा महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले प्रेस संगठनलाई धन्यवाद दिँदै उपलब्ध स्वास्थ्य सामग्री जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुलाई प्रदान गरिने भएकाले आवश्यक परेका पत्रकारले महासंघमा सम्पर्क गर्न आग्रह गरे ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य शालिग्राम नेपाल ,शिशिर सिंखडा, प्रेस संगठनका प्रदेश सदस्य तिलकराम रिमाल र शंकर अधिकारी जिल्ला सदस्य मुकुन्द भुषाल, हेमराज रिमाल लगाएतको सहभागिता रहेको थियो ।