Breaking News

नेकपामा बढ्दो विवादसँगै चिनियाँ राजदूत यान्छीद्वारा शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट

Banner

काठमाडौं, वैशाख १९-

नेकपामा बढ्दो विवादसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेतासँगको भेटलाई तीव्रता दिएकी छन् ।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् ।

यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादले सरकार परिवर्तनसम्म हुन सक्ने समाचारहरु आइरहेका बेला राजदूत यान्छीको शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>