चितवन विशेष
लायन्स चितवन कम्युनिटी हेल्पको अध्यक्षमा दीपेन्द्र

चितवन, वैशाख १८–
लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको अध्यक्षमा दीपेन्द्र खरेल चयन भएका छन् । अनलाइन मार्फत गरिएको अधिवेशनले वर्ष २०२०/२१ का लागि खरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा ध्रुव घिमिरे, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा रामजी चौधरी (राजीव) चयन भएका छन । हाल विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारणले गर्दा लकडाउनको नियम पालना गर्दै अनलाइन भिडियोबाट अधिवेशन गरिएको क्लबका वर्तमान अध्यक्ष कृष्ण भट्टले बताए ।
निर्वाचित पधाधिकारीहरुलाई रिजन चेयरपर्सन सुवासचन्द्र गौतले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष खरेलले आगामी कार्यकालमा क्लबको गरिमा उच्च राख्न अहोरात्र खट्ने र धेरै दन्त तथा स्वास्थ्य शिविर संचालन गर्नुका साथै भन्दा विभिन्न समाजिक क्रियाकलापहरु गरिने प्रतिबद्धता ब्यक्त गरे ।