चितवन विशेष
लायन्स नारायणगढ संगमचोकको अध्यक्षमा घनश्याम
०

चितवन, वैशाख १८–
लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा घनश्याम सुबेदी चयन भएका छन् ।
अनलाइन मार्फत भएको अधिवेशनबाट वर्ष २०२०/२१ को अध्यक्षमा सुबेदी सर्वसम्मत चयन भएका हुन् । सन् २००३ मा स्वर्गीय भगवान श्रेष्ठको प्रेरणामा स्थापित चितवनको पुरानो सामाजिक क्लव लायन्स क्लव अफ नारायणगढ संगमचोकको प्रथम उपाध्यक्षमा लायन शरदमणि भट्टराई, द्धितीय उपाध्यक्षमा घनश्याम न्यौपाने र तृतीय उपाध्यक्षमा लायन उज्जवल श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै क्लवको सचिवमा बुद्धिप्रसाद अधिकारी, कोषाध्यक्षमा मनोज बर्णवाल, सह–सचिवमा दीपक चयन भएको क्लवका वर्तमान सचिव सुबीर श्रेष्ठले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>