रोचक
यस्ता गुण भएका महिला भाग्यमानी हुन्छन्

चितवन, माघ १२
संसारमा महिलालाई देविको अवताको रूपमा लिने गरिन्छ । शिव पुराणमा महिलाहरूमा हुनपर्ने यस्ता गुण बताईएको छ । जुन गुण हुनेमहिला सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् भनिएको छ ।
यस्ता गुण भएका महिला भाग्यमानी हुन्छन् :
१. शिरको अगाडीको भाग उठेको महिला धनी र वैभवशाली हुने गर्छन् ।
२. जुन महिलाको सिन्दुर लगाउने स्थान सिधा र उठेको छ ती महिला पनि भाग्यवती मानिन्छन् ।
३. जुन महिलाको आँखीभौं जोडिएको छ ती महिलालाई विश्वास गर्न सकिन्न । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता महिलालाई भाग्यमानी मानिन्छ ।
४.पितासँग अनुहार मिल्ने महिला भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने शास्त्रमा बताइएको छ ।
५. जुन महिलाको कालो कपाल र आगाडितिर झुकेको छ त्यो भाग्यमानी हुन्छ । चिल्लो, कोमल र मुलायम कपाल भएका महिलालाई पनि उत्तम मानिएको छ ।
६.जुन महिलाको गोलो र चिल्लो तथा आकर्षक अनुहार छ त्यो भाग्यमानी हुन्छन् ।