देश/प्रदेश

चार वर्षीया बालिका बलात्कार आरोपित युवक पक्राउ

Banner

सप्तरी, माघ ९-

इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो ।

पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>