अन्तर्राष्ट्रिय
रुसमा आवासीय भवनमा आगलागी हुँदा ११ को मृत्यु
०

मस्को, माघ ७ –
रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समयानुसार आज बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ । रासस र सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>