चितवन विशेष

भरतपुरमा ग्लोबल रिचको शैक्षिक मेला

Banner

चितवन, माघ ५-

शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ सम्पन्न भएको छ ।

आज भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न शैक्षिक मेलाको कलाकार सिताराम कट्टेल (धुर्मुस) ले उद्घाटन गरेका हुन् । शैक्षिक मेलामा ४०० बढी विद्यार्थीले परामर्श लिएको ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए । मेलामा अष्ट्रेलियाका प्रतिष्ठित ११ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थीले अष्ट्रेलियन विश्वविद्यालय, पढाइ हुने विषय, छात्रवृत्ति, अष्ट्रेलियन रहनसहनलगायतको विषयमा पनि परामर्श लिएको पौडेलले बताए । शैक्षिक मेलाको माध्यमबाट अष्ट्रेलियाको विश्वविद्यालय तथा कलेजको विषयमा धेरै जानकारी प्राप्त गरेको विद्यार्थीको भनाइ छ । एउटै छाता मूनि धेरै विषयको परामर्श लिन पाउँदा सजिलो भएको उनीहरुले बताए । सोही मेलामा तीन वटा बैँकले पनि बैंकिङ प्रक्रिया बारे परामर्श दिएका थिए । नबिल बैँक, एसबीआई बैँक र सिदार्थ बैंकको स्टलबाट विद्यार्थीले बैँकिङ प्रक्रियाबारे परामर्श दिएको पौडेलले जानकारी दिए । ग्लोबल रिचले हरेक वर्ष दुई वटा शैक्षिक मेला आयोजना गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>