खैरहनी

खिचरा महोत्सवः पानीले छेकेन दर्शकलाई, ज्योतिले उफारिन् दर्शक

Banner

चितवन, माघ २–

आज (बिहीबार) दिउँसोदेखि चितवनमा पानी पर्न थालेपछि यहाँ लागेको महोत्सव प्रभावित हुन डर बढ्यो । दर्शक नआउने होकी भन्ने चिन्ताले सताइरहँदा त्यसको ठिक विपरीत दर्शकहरुको भीड बढ्यो । माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज पाँचौ दिन पानी परे पनि दर्शक आउन छोडेनन् । चर्चित गायिका तथा मोडेल ज्योति मगरको प्रस्तुती हुने भएपछि दर्शकहरुको संख्या दिउँसो देखि नै बढ्दै गएको थियो ।

अपरान्ह ४ बजेपछि स्टेज चढेकी ज्याति मगर एउटा गीत गाउन नपाउँदै वर्षा भयो । तर दर्शकहरु ज्योतिसंगै झुमि रहे । उनको प्रस्तुतीले दर्शकहरु पानीको कुनै प्रवाह नगरी झुमेका थिए । ज्योतिले आधा दर्जन भन्दा बढी गीत प्रस्तुती गरेकी थिइन् ।

खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज अन्य विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको पोका, घोङीको प्रतिमामा र थारु घरमा फोटो खिचाउने दर्शकहरुको भीड लागेको थियो ।

महोत्सव अन्तरगत भोलि (शुक्रबार) चर्चित गायक स्वप्न सुपन र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

यस्तै महोत्सवको आज नेपाली फुटबलका हस्तिहरुले अवलोकन गरेका छन् । नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवंम काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, संघका कोषाध्यक्ष शरद आले, संघका सदस्य प्रविन लामाले महोत्सव अवलोकन गरेका थिए । उनीहरुलाई महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले सम्मान गरेका थिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>