खैरहनी

खिचरामा कौशलले झुमाए दर्शक

Banner

चितवन, पुस २८–

चितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज दोस्रो दिन चर्चित गायक अर्जुन कौशलले दर्शकलाई झुमाएका छन् ।

खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित गायक कौशलले प्रस्तुती दिएका हुन् । उनले थुप्रै चर्चित गीत प्रस्तुत गरेका थिए । यस्तै आज स्थानीय कलाकाहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो भने थारु समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो । यस्तै खिचरा डान्स आइडलका प्रतियोगीहरुको समेत आज प्रस्तुती रहेको थियो ।

महोत्सव अन्तरगत भोलि (मंगलबार) चर्चित गायक प्रकाश सपुतको प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । उनको गलबन्दी च्यातियो, बोल मायालगायतका चर्चित गीतहरु रहेका छन् । यस्तै नेपाल लोकतारामा उत्कृष्ट प्रस्तुती दिएकी चितवनकी चेली मुना अर्यालको समेत प्रस्तुती रहेको छ ।

भोलिको साँस्कृतिक कार्यक्रमलाई मिस इन्टरनेशनल नेपाल वर्षा लेखीले संचालन गर्नेछिन् ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>