चितवन विशेष

अध्यक्षका उम्मेद्वार शाक्य मतदाताको घरघरमा पुगे, भन्छन्ः ‘मेरो पक्षमा माहोल बढ्यो

Banner

चितवन, पुस २८–

उद्योग वाणिज्य संघ चितवनको भोलि (मंगलबार) हुन गईरहेको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यको पक्षमा महोल बढ्दै गएको छ । शाक्यले चुनावी दौरान मतदाताहरुको घर–घर पुग्दा आफ्नो पक्षमा व्यापक जनलहर आएको बताए । उनले व्यवसायीहरुले आफुप्रति विश्वास गरेको बताए ।

शाक्यले चितवनका ब्यवसाय प्रवद्र्धनका गराउनका लागि आफ्ना एजेण्डाहरु पनि प्रस्तुत गरेका छन् । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारहरुसंग कुरा गर्दै शाक्यले आफ्ना एजेण्डा अघि सारेका हुन् । उनले व्यवसायीहरु करको मारमा परेको भन्दै कर घटाउनु आफ्नो मुख्य एजेण्डा भएको बताए । शाक्यले भने,“व्यवसायीहरु दोहोरो तेहोरो करको मारमा छन् । करकै कारण कतिपय व्यवसायी विस्थापित हुन थालेका छन् । म यो कर घटाउन आवश्यक पहल गर्छु ।” शाक्यले थपे,“उद्योग वाणिज्य संघले समन्वय गरेर अघि बढे कर घटाउन सकिन्छ । ”

उनले स्थानीय सरकारले हाल व्यवसायीहरुमाथी लादिएको कर कुनै पनि दृष्टीकोणबाट उपयुक्त नदेखिने बताए । उनले यस्तो कर नीति हटाउन आफ् पहल हुने योजना सुनाए । उनले व्यवसायमा गरिएको लगानीको सुरक्षालाई प्राथमिकतामा राखेका छन् । ब्यवसायी सुरक्षित हुन नसकेको भन्दै उनले कसैले पनि ठोस काम गर्न नसकेको बताए । उनले आफुले काम गरेर देखाउने योजना सुनाए । ब्यवसायीको हक, हित र सुरक्षाको लागी उनले काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाधरुपमा र सहज रुपमा ब्यवसाय संचालन गर्न पाउनुपर्ने र शान्ति सुरक्षाको पूर्व ग्यारेण्टी हुनुपर्ने उनको योजना छ ।
नारायणगढ बजार क्षेत्रमा स्मार्ट सिटीको नाममा फुटपाथमा स–सानो ब्यसायमा जिविकोपार्जन गर्ने साना ब्यवसायीहरुलाई खेदिएको उनले आरोप लगाएका छन् । त्यस्ता ब्यवसायीहरुप्रति उचित ब्यवस्थापन र निर्वाध ब्यवसाय गर्ने वातावरण मिलाउने बताएका छन् । शाक्यले भने ‘म करलाई ब्यवहारिक बनाएर ब्यवसाय गर्ने वातावरण बनाउछु’ शाक्यले भने ‘ब्यवसायीहरुलाई शान्ति सुरक्षा दिइ, फुटपाथ ब्यवसायको ब्यवस्थापन मेरो योजनामा छ ।’

शाक्यले उठान गरेका मुद्धाहरुमध्ये अहिले बजार क्षेत्रमा निषेध गरिएको अटो चलाउन पाउनुपर्ने माग छ । बजार क्षेत्रमा अटोरिक्सा संचालनमा समस्या भएको कारण ब्यवसायमा ठुलो धक्का पुगेको भन्दै अटोको ब्यवस्थित संचालनको लागी उनले योजना तयार गरेका छन् । अटो रिक्सालार्ई ब्यवस्थापनमा गर्न नसक्दा विस्थापित हुन लागेको भन्दै आफुले कार्ययोजना तयार गरेको उनको भनाई छ । शाक्य उद्योग वाणिज्य संघ चितवनको स्थापनाकाल देखिकै सदस्य हुन् ।

भोलि हुने अधिवेशनका लागी उम्मेदवार भएका शाक्य लोकतान्त्रिक धारका रुपमा चिनिएका छन् । उनका प्रतिष्पर्धी राजु श्रेष्ठ नेकपा निकट मानिन्छन् । पछिल्लो समय उनलाई भरतपुरकी मेयर रेनु दाहाल निकट भन्ने आरोप लाग्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>