नवलपुर

नवलपरासीको धौंवादीमा फलाम खानीको सफल परीक्षण, ३० वर्षसम्म दैनिक ८ सय टन उत्पादन हुने

Banner

नवलपुर,पुस २७-

नवलपरासीको धौंवादीमा अब फलाम उत्खनन्को काम चाँडै अघि बढ्ने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले धौंवादी फलाम कम्पनी लिमिटेडको स्थापना भइसकेकोले अब फलाम उत्खनन् चाँडै हुने जानकारी दिएको छ ।

आइतबार मन्त्रालयमा सरकारको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी दिन अयोजित पत्राकार सम्मेलनमा उद्योग सचिव यमकुमारी खतिवडाले धौंवादी फलाम उत्खनन्को काम चाँडै अघि बढ्ने जानकारी दिइन् ।

फलाम उत्खनन् एवं उत्पादनको लागि फलाम कम्पनी स्थापना भइसकेको र परीक्षण लागि चीन पठाइएको फलामको नमुना परीक्षण सफल भएको सचिव खतिवडाले जानकारी दिइन् । ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ’ उनले भनिन्, ‘उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरेर सञ्चालनको मोडालिटी तयार भइसकेको छ ।’

धौंवादी फलाम खानीबाट ३० वर्षसम्म दैनिक ८ सय टन फलाम उत्पादन गर्न सकिने सम्भावना परीक्षणका क्रममा देखिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>