देश/प्रदेश

नेकपाको राजीनामा गराउने निर्णय उपसभामुख तुम्बाहाङफेले नमान्ने

Banner

काठमाडौं, पुस २६–

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । तर पार्टीको निर्णय तुम्बाहाङफेले नमान्ने निर्णयमा पुगेकी छिन् । उनले आइतबारको बैठक आफैले चलाउने समेत उद्घोष गरेकी छिन् । तुम्बाहाङफेको अडानले रिक्त सभामुख चयनमा थप जटिलता देखिएको छ । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>