अन्तर्राष्ट्रिय

नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए

Banner

नाइजर, पुस २५-

नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् ।

देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।

सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ ।रासस÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>