चितवन विशेष

पुरानो मेडिकल कलेज र उद्योग वाणिज्य संघ चितवनबीच सम्झौता

Banner

चितवन, पुस २४-

उद्योग वाणिज्य संघ–चितवन र कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा भएको एक कार्यक्रममा उक्त सम्झौंतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता बमोजिम उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरुलाई चितवन मेडिकल कलेजमा स्वास्थ्य उपचार एवम् परीक्षण गर्दा २० प्रतिशत छुट दिइने भएको छ । हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले संघको सदस्य प्रति आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य शुल्कमा छुटका लागि पहल गरिएको बताए । उनले यस कार्यको लागि सहकार्य गर्ने कलेज अफ मेडिकल साइन्सेस प्रति आभार व्यक्त गरे ।

सोही कार्यक्रममा संघका स्वास्थ्य समितिका संयोजक शिरिष पन्तले उद्यमी व्यवसायीको संघ प्रतिको आर्कषणमा वृद्धि गर्दै सघमा आवद्ध सदस्यलाई स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले सम्झौता गरिएको बताए । सोही कार्यक्रममा संस्थाका उपनिर्देशक राजेश यादवले आगामी दिनमा यो सहकार्यलाई अगाडि बढाउँदै छुट प्रतिशतमा वृद्धि गरिने बताए । उद्योग वाणिज्य संघ–चितवन र कलेजबीच २ वर्ष पहिला पनि १५ प्रतिशत छुटको व्यवस्थासहित सम्झौता भएको र यस वर्ष ५ प्रतिशत वृद्धि गरि २० प्रतिशत सम्म पु¥याई सम्झौंता नविकरण गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए ।

संघमा आवद्ध सदस्यले उक्त सुविधा प्राप्त गर्नका लागि संघद्वारा जारी गरिएको परिचयपत्र हुनुपर्ने स्वास्थ्य समितिका संयोजक शिरिष पन्तले जानकारी दिए । सम्झौता पत्रमा उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट अध्यक्ष सहनलाल प्रधान, स्वास्थ्य समितिका संयोजक शिरिष पन्त र सीएमयस का तर्फबाट सहनिर्देशक डा. मनोहर प्रधान र उपनिर्देशक डा. राजेश यादवले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>