इच्छकामना

चितवनका ४६ घर सुकुमबासीको नमुना बस्ती निर्माण सुरु

Banner

चितवन, पुस २३-

इच्छाकामना गाउँपालिकाले गर्दासका सुकुमबासी परिवारलाई घर निमार्ण गर्न लागेको छ ।

इच्छाकामना गाँउपालिका–७ भालुमार सुन्दरबस्तीमा रहेका ४६ परिवारलाई पक्की घर बनाउन लागेको हो । घरको गाँउपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले शिलान्यास गरेकी हुन् । वर्षौदेखि चुहिने घरमा बसेकाका लागि जग्गाको ब्यवस्थासहित घर बनाइदिन लागेको अध्यक्ष गुरुङले बताइन् । ५५ लाख रुपैयाँको बजेटमा घर निर्माण गर्न लागिएको हो ।

यसै आर्थिक वर्षमा निर्माण सकिने गरी शौचालय, खानेपानीको सुविधासहितको नमुना बस्ती बनाउन लागेको बताइन् । हरेक नागरिकको लागि स्थानीय सरकारले काम गरेको भन्दै योजना अघि बढाएको गुरुङले बताइन् । यसअघि घर चुहिने समस्या भोगेको उनीहरुका लागि गाउँपालिकाले जस्तापाता वितरण गरेको थियो । यसपटक घर निर्माण गरिएको छ ।

४६ घुरधुरी मध्येको ३५ परिवार चेपाङ छन् । त्यसपछि दलित र तामाङ समुदाय छन् । घर बन्ने कुराले खुसीभएका स्थानीयले गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडाध्यक्ष मानबहादुर थापा ‘विजय’ लगायतलाई फूलमालाले स्वागत गरेका थिए । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले नमुना बस्ती निमार्णको योजनाअनुसार काम गर्न थालेको बताए । सुरक्षित बसोबासका लागि आफूहरुले सुकुमबासीको खुसीका लागि काम अघि बढाएको बताए । वडानम्बर ७ का वडाध्यक्ष मानबहादुर थापा ‘विजय ’ ले घरबार विहिन परिवारलाई बसोबासको ब्यवस्था मिलाएको बताए । उनले वडाबासीका चाहनाअनुसार विकासको कार्यक्रम गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>