चितवन विशेष
नारायणगढ-मुग्लिन सडकमा पहिरो रोकथामको काम सकिएन,थप दुईदिन दिउँसो बन्द हुने
०

चितवन,पुस २२-
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईदिन दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुईदिन सडक अवरुद्ध हुने जानकारी दिएको हो ।
गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २४ गतेसम्म दिउँसो सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>