कर्पोरेट

एभरेष्ट बैँकको एनआरएन बचत खातामा विशेष सुविधा

Banner

काठमाडौं, पुस २२-

एभरेष्ट बैँकले खाता खोल्ने एनआरएलाई विशेष सुविधा पु¥याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

बैँकले जारी गरेको विज्ञप्तिमा एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैँक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितिमा एमओयूमा हस्ताक्षर गरिएको हो ।

ईबीएलले एनआरएन बचत खातामा निःशुल्क एटीएम, इन्टरनेट\मोबाइल बैकिङ, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५०% छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ । एभरेष्ट बैँकको सन्तुष्ट ग्राहकको संख्या १० लाख बढी रहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९५ शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटीएम तथा वृहत् बाह्य सञ्जाल मार्फत् उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>