चितवन विशेष

चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल निर्वाचित

Banner

चितवन,पुस १९-

चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएका छन् । संघको २८ औैं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहेका पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

विधान अनुसार नै बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यस्तै ६ जना उपाध्यक्ष र १० जना खुल्ला सदस्य, एक/एक जना एशोसियट्स, बस्तुगत,गोल्डेन/प्रिमियम सदस्य, ५ जना इकाई सदस्य, महिला उद्यमी र युवा उद्यमीबाट एक/एक सदस्य गरी २७ सदस्सीय कार्यसमिति चयन गरिएको छ ।

संघको ६ जना उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युग राज वस्ती सर्वसम्मत चयन भएका छन् ।

अब दुई जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ । त्यससंगै संघको २९ सदस्यीय कार्यसमिति चयन गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>