चितवन विशेष
चितवनका संचारकर्मी सुरज पौडलको गजल ‘जबसम्म सास छ’ चर्चामा (भिडियोसहित)

चितवन, पुस १८–
चितवनका चर्चित युवा सञ्चारकर्मी सुरज पौडेलले नयाँ गीत बजारमा ल्याएका छन् । अँग्रेजी नयाँ वर्षको अवसर पारेर पौडेलले नयाँ गजल बजारमा ल्याएका हुन् ।
‘जबसम्म सास छ’ बोलको गजलमा पौडेलको शब्द रहेको छ । यस गजलमा अर्का संचारकर्मी दिपकराज विश्वकर्माको संगीत रहेको छ । गजलमा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको आवाज रहेको छ । यस्तै म्यूजीक भिडियोलाई अशोक विकले निर्देशन गरेका छन् । गजलको भिडियोमा अभिषेक ओली र एलिना देउजाको अभिनय छ ।
लामो समय देखि सञ्चार कर्ममा रहँदै आएका पौडेलले आफ्नो पाचौं सांगीतिक कोशेलीकोरुपमा यस गजललाई बजारमा ल्याएका हुन् । चितवनमा पहिलोपटक सिनर्जी एफएममार्फत उक्त गजल सार्वजनिक गरेको पौडेलले बताए । पौडेलको रचना रहेको ‘छम्म–छम्म नाचिदेउ सोल्टी’ बोलको गीत २०६० सालमा रेकर्ड भएको थियो ।
चर्चित गायक तिलक बम मल्लको परिवेश ब्याण्डको पाचौं एल्बमको शीर्ष गीत छम्म–छम्मले उक्त समयमा राम्रो चर्चा पाएको थियो । त्यसैगरी पौडेलको रचना रहेको ‘किन होला प्यासी नजर’ बोलकको गीत चितवनका अग्रज गायक प्रसाद श्रेष्ठको आवाजमा रेकर्ड भएको छ । त्यस्तै, ‘जुनको किरण’ बोलको गीत शिशिर योगी र ‘तिम्रो मुहार’ बोलको गीत भद्रध्वज गुरुङको आवाजमा रेकर्ड भएको छ ।