क्रिकेट

निर्माणाधीन क्रिकेट रंगशालाप्रति नागरिकको चासो, दैनिक दुई हजार बढीले गर्छन् अवलोकन

Banner

नारायणी अनलाइन डेस्क

चितवन, पुस १७-

भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले अवलोकन गर्नेको भीड बढेको छ ।

रंगशालामा अहिले देशका विभिन्न जिल्लाबाट दैनिकरुपमा दुई हजारदेखि दुई हजार ५०० जनासम्म आउने गरेको रंगशाला निर्माणको काममा खटिरहेका कलाकार सिताराम कट्टेल ‘र्धुमुस’ ले जानकारी दिए । रंगशालामा अवलोकन गर्नेको संख्या बढेसँगै सहयोग रकम पनि बढ्न थालेको छ । ‘अहिले दैनिक न्यूनतम दुई लाख रुपैयाँ हरेक दिन जनस्तरबाटै संकलन हुन्छ । विभिन्न जिल्लाबाट आउने आमा समूह र टोल विकास संस्थाहरुले पनि स्वतस्फूर्तरुपमा रंगशालामा निर्माणमा सहयोग गरिरहेका छन् ।’ कलाकार धुर्मुसले भने ।

यसैगरी रंगशाला निर्माणको लागि धुर्मुस र सुन्तलीले सुरु गरेको पानीपूरी चटपट र सुन्तला बिक्रीको ठेलामा पनि दैनिक तीन हजार रुपैयाँ बढी सहयोग भएको उनले बताए । उनले भने, ‘देशका ७७ वटै जिल्लाले एउटा कोठा निर्माण गर्ने गरी ७७ वटा कोठा राखेर रंगशालाको डिजाइन गरिएको छ । यो रंगशाला राष्ट्रिय एकताको प्रतिक पनि हो । सातवटा कमल फूलको पत्रले देशको सातै प्रदेशलाई बुझाउँछ । तसर्थ सबै नेपालीले आफ्नो रंगशाला भन्ने अपनत्व अनुभव गरेर नै सहयोग गरिरहेका छन् ।’ नगद हुनेले नगद र नहुले नागरिकले आफूसँग जे छ त्यही सहयोग गर्न धुर्मुसले सर्वसाधारण नागरिक सबैलाई अपिल गरेका छन् । कलाकार धुर्मुसले भने, ‘रकम, खाद्यान्न, निर्माण सामग्री, दाउरा, श्रमदान जे सकिन्छ त्यही सहयोग गर्न सकिन्छ । ’ पछिल्लो समयमा नागरिकको क्रेज बढेपछि रंगशाला निर्माणमा खटेका र्धुमुस पनि उत्साहित भएका छन् । अहिले ३०० बढी मजदुर रंगशाला निर्माणमा निरन्तर खटिरहेका छन् । रंगशाला निर्माण कार्यको अवलोकन गर्नको लागि भ्यु टावरको पनि निर्माण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>