चितवन विशेष
चितवनका साहित्यकार खरालको कविता सङ्ग्रह ‘सय थुंगा’ सार्वजनिक

चितवन, पुस १६-
चितवनका साहित्यकार हिरामणि खराल ‘विषम’ को कविता सङ्ग्रह सय थुंगा मंगलबार सार्वजनिक भएको छ ।
कवि शिरोमणि लेखनाथ पौडेलको जन्म जयन्तीको अवसर पारेर लेखनाथ पार्क देवघाटमा सो कृति विमोचन गरिएको हो । प्राध्यापक डा. चुडामणि बन्धु प्रमुख अतिथि रहेको कार्यक्रम गोपालप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । प्राध्यापक केदार खनालले कृतिको बारेमा विवेचना गरेका थिए भने प्रा डा नारायणप्रसाद खनालले कविता सङ्ग्रहको भूमिकामाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा विमोचकका परिवारजन भाई गंगाधर खराल, श्रीमती लक्ष्मी खराल, छोरा बिनायक खराल, छोरीहरु शान्ति, शोभा, रेनु, रेखा, प्रज्ञा, साथीहरू, नातिनी, नाती, खराल बंशोदार प्रतिष्ठानका अध्यक्ष, गुल्मी चितवन मैत्री समाजका अध्यक्ष, सामुदायिक साकोसका अध्यक्ष भानुभक्त सापकोटा, डिलाराम कँडेल, रामप्रसाद अर्याल, बहिनी पम्फा आचार्य, भतिजी रचना सापकोटालगायतका आफन्तको उपस्थिति रहेको थियो । प्रेमविनोद नन्दन, गोविन्दराज विनोदीलगायतका कविहरूले पनि कार्यक्रममा कविता वाचन गरेका थिए ।