राजनीति
मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः पहिला काम गर्नुहोस अनि मात्र भेटघाट
०

काठमाडौं,पुस १६-
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कार्यकर्ता र आगन्तुक भेट्न छाडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भई खट्न निर्देशन दिएका छन्। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
केही मन्त्रालयका मन्त्रीहरुले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छाडेर काममा खटिनुस, ताकि पणिाम छिट्टै देखिन सकोस्, प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सचेत पार्दै भने, यो खबर राजधानी दैनिकमा छापिएको छ। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>