चितवन विशेष

रोट्र्‍याक्ट डिस्ट्रिक्ट कन्फरेन्समा ‘युवामा लगानी’ विषयमा छलफल

Banner

काठमाडौँ, पुस १४-

रोट्याक्ट डिस्ट्रिक्ट–३२९२ नेपाल र भुटानको आयोजनामा चितवनमा १२ औँ रोट्र्‍याक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको छ ।

सम्मेलनमा ‘युवामा लगानी’ विषयमा वृहत् छलफल भएको छ । सम्मेलनलाई सफल पार्न रोट्र्‍याक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन बेस्ट र बालाजुले संयुक्तरूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । नेपालभर १२७ वटा रोट्र्‍याक्ट क्लब रहेका छन् । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्ट्रिक्ट रोट्र्‍याक्ट रिप्रिजेन्टेटिभ (डीआरआर) स्नेहा शाक्यले बताइन् । ‘युवामा लगानी’ विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिलाई सम्मेलनमा प्यानल छलफलमा बोलाएर युवामा लगानीसँगै अन्य विषयमा छलफल गरिएको थियो ।

विगतका वर्षहरुमा जस्तै यसपटकको सम्मेलनमा पनि युवालाई लक्षित गरेर युवासँग सम्बन्धित विषयमा छलफल भएको थियो । युवाहरुलाई सकारात्मक उर्जा प्रदान गर्न, रोट्याक्ट  र रोटरीको भूमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्¥याक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ‘युवामा लगानीमा’ विषयमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनीसहित पत्रकारिताको यात्रादेखि बीसीसी नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए । सम्मेलनमा प्यानलको थिम (वर्किङ टुगेदर कनेक्टिङ द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिताकी केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्यबारे छलफल गरेका थिए ।

त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशील नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयमा छलफल गरेका थिए । जसको मोड्रेट निवर्तमान डीआरआर सौगात गौतमले गरेका थिए । सम्मेलनको दोस्रो दिन रोट्रयाक्ट क्लब अफ दमौलीले मौलिक कौराहा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

त्यस्तै विभिन्न सरोकारवालाले युवामा कसरी लगानी गर्न प्रयास गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहेर विविध छलफल भएको थियो । सम्मेलनको दोस्रो दिन आगामी वर्षका लागि आगामी रोटा वर्ष २० र २१ का डीआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।

आगामी रोट्याक्ट नेपालका प्रमुख पौडेल नेतृत्वको वर्ष २०–२१ को टिममा सर्जेन्ट एट आर्म्समा सुदिपप्रसाई ठकुरी, पब्लिक रिलेसन अफिसरमा सुशान्त अधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकल अफिसरमा अनिल पाण्डे, मिडिया अफिसर विशन क्षेत्री र शिखरलाल डोटेल, प्रोफेसनल डिभलपमेन्टमा प्रवेश गौतम रहेका छन् । यस्तै, इन्टरनेशनल सर्भिस वृद्धिका सेन्चुरी, कम्युनिटी सर्भिस रेशम खड्का, क्लब सर्भिस डिरेक्टर सुनिल फुयाँल रहेका छन् । ट्रेजरमा आशिष वाग्ले, असिस्टेन्ट ट्रेजरमा प्रकाश शर्मा, सृष्ठी त्रिपाठी र आदर्श श्रेष्ठ, लिडरसिप ट्रेनरमा साविकराज न्यौपाने, असिस्टेन्ट लिडरसीप ट्रेनरमा ऋषभराज जोशी, बुद्धि जोगी र दिनेश अग्रवाल, सेक्रेटरी सम्विद घिमिरे, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल रहेका छन् । साथै १३ ओटा जोनका जेडआरआर पनि रहनेछन् ।

यस्तै, एडीआरआरमा आशिव कर्माचार्य, सन्नी गोयल र सागर मल्ल ठकुरी रहेका छन् । डीआरआर इलेक्टको रुपमा सुमित बज्राचार्य रहेका छन् । शुक्रबार र शनिबारसम्म चलेको कन्फरेन्स ‘युवामा लगानी’ विषयमा केन्द्रित थियो । त्यस्तैगरी डिष्टिक रोट्¥याक्ट कमिटीमा सुन्दर अधिकारी, विरोध सुवेदी, अविन तुलाधर, दुर्गेश श्रेष्ठ र राहुल कैसधन रहेका छन् भने १३ जोन मध्ये जोन प्रमुख (जेडआरआर) का रूपमा क्रमशः आकृति भण्डारी, निरज खनाल, सन्दिप पौडेल, विश्व दर्शन पराजुली, लोकराज पाण्डे, रितेश श्रेष्ठ, पूजा माली, डोल्मा शेर्पा, सदिक्षा कँडेल, मनिसा श्रेष्ठ, दिनेश गैह्रे, धनञ्जय वर्नवाल, प्रकाश कर्नले रिप्रन्जेटेटिभ गर्ने कुरा आगामी वर्षका अध्यक्ष सन्जिव पौडेलले जानकारी दिए । सम्मेलनको उद्घान रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले उद्घाटन गरेका थिए । शुक्रबार र शनिबार ललितपुरमा उक्त कन्फरेन्स सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>