नवलपुर

नवलपुरका मानवअधिकार उल्लघंनका घटना मुलप्रवाहीकरणमा ल्याउन सुझाव

Banner

ज्ञानु पंगेनी

नवलपुर, पुस १०-

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले कानुनी दयारामा आउन नसकेका मानवअधिकार उल्लघंनका घटनालाई मुलप्रवाहीकरणमा ल्याउन सुझाव दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्ववार्षिक समीक्षा कार्यक्रममा उनले सो विचार राखेका हुन् । जिल्ला प्रशासन, प्रहरी, अदालत र स्थानीय निकायसम्म पुग्न नसकेका मानवअधिकार उल्लघंनका घटनाको तथ्यांक, त्यसको कारण र उनीहरुलाई कसरी मुलप्रवाहीकरणमा ल्याउन सकिन्छ भन्ने बारे सबै सरोकारवाला गम्भीर बन्न आवश्यक रहेको उनले बताए ।

मानवअधिकारको विषय विस्तृत र धेरै फराकिलो रहेको भन्दै उनले न्यायिक निकायमा पुगेका घटना मात्रै भन्दा पनि ग्रामीणस्तरमा मिलापत्र गरिएका मानवअधिकारका उल्लघंनका घटना, उपभोक्ता अधिकारका सवाल, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, खाद्य अधिकारको बारेमा मानवअधिकारकर्मीको ध्यान पुग्न आवश्यक रहेको बताए । उनले व्यक्तिले आप्mनो अधिकार उपभोग गर्ने क्रममा देखिने बाधाहरु धेरै भएको भन्दै यसबारे गम्भीर बन्न आवश्यक रहेको बताए ।

कार्यक्रमका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी मोहनप्रसाद पोखरेलले मानवअधिकार रक्षाको लागि नेपाल प्रहरी सदैव गम्भीर रहेको भन्दै अधिकार उपभोगसँगै कर्तव्यको पाटोमा सबै सजक हुन आवश्यक रहेको बताए । उनले केही घटनामा पीडित पक्षको उजुरी लिन प्रहरीले आनकानी वा ढिलाइ गरेको भन्ने विषय उठेको भन्दै प्रहरीले नियतबस आउने उजुरीको हकमा केही अनुसन्धान भएको हँुदा त्यस्तो लागेको हुन सक्ने बताए ।

उपभोक्ता अधिकार मञ्च कावासोती नगरपालिकाका अध्यक्ष डोरमान गिरीले उपभोक्ताको अधिकार सुनश्चित गर्न तर्फ सबै गम्भीर बन्न आग्रह गरे । उनले बजारमा उपभोक्ताको अधिकार विरुद्ध हुन सक्ने उल्लघंन रोक्न नियमित बजार अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेले नेपाल मानवअधिकार वर्षपुस्तक–२०२० को लागि जिल्लामा सन् २०१९ मा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरेका थिए । सो क्रममा उनले सन् २०१९ मा नवलपरासी पूर्वमा ५० वटा घटनाहरुको अभिलेखीकरण गरिएको जानकारी दिए । जसमा सबै भन्दै बढी बलात्कार तथा यौन दुव्र्यवहारका २० वटा घटनाको अभिलेखीकरण गरिएको जानकारी दिए । जसमध्ये १२ जना बालिका र ८ जना महिला पीडित भएको विवरण उनले प्रस्तुत गरे ।
यो वर्ष नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका १४ जनालाई गिरप्mतार गरिएका १३ वटा घटना फारम संकलन गरिएको जानकारी दिए । त्यस्तै सम्पत्तिमा क्षतिका सात वटा, महिला हिंसा पाँच वटा, गैरराज्य पक्षबाट हत्या एक, प्रहरीलाई धम्की एक, विद्यार्थीमाथि कुटपिटको एक, महिला बेचबिखन तथा शारीरिक बन्धक बनाएको एक र बोक्सीको आरोप लगाएको सम्बन्धी एक घटनाको अभिलेखीकरण गरिएको डुम्रेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>