खेलकुद

महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा

Banner

काठमाडौँ, १० पुस१०
ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ ।

आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । सो च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल ९एपिएफ० रहेका छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पाउनेछन् । तेस्रो हुने टोलीले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयीमान, वर्ष खेलाडी र ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले जनही एक थान स्कुटर पाउनेछन् । प्रतियोगिताको खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>