चितवन विशेष

भरतपुरका विकास निर्माणका काम समयमै सक्न मेयर दाहालको निर्देशन

Banner

चितवन,पुस ९-

चितवनको भरतपुर महानगरपालिकामा सञ्चालन भएका विकास निर्माणका आयोजनाहरुको अवलोकन गरिएको छ । शहरी विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवन र भरतपुर महानगपालिकाले सञ्चालन गरेका विभिन्न आयोजनाहरुको मंगलबार अवलोकन गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनको प्याकेज १ आयोजना र प्याकेज २ आयोजना, भरतपुर १६ काभ्रेघाटमा निर्माणाधीन मिनी पानी जहाज, भरतपुर १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर १९ को रानीपोखरी, भरतपुर २२ को अम्रेला स्ट्रीट, भरतपुर ६ को लक्ष्मीनारायण मन्दिर, महानगरको रिङ रोड र लिङ्क रोड सहितको आयोजनाको मंगलबार निरीक्षण गरिएको हो ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २३ मधुपुरी बजारमा एक करोड सात लाख रुपैयाँको लागतमा निर्माण भएको करिब एक हजार सात सय मिटर कालोपत्रे सडक समेत उद्घाटन गरिएको छ । महानरपालिका प्रमुख रेनु दाहालले सो सडक उद्घाटन गर्दैै महानगरपालिकाभित्रका मुख्य सडकहरु कालोपत्रे हुने क्रम तीव्र रहेको बताउनुभयो । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको चुनावी सभामा गरेको वाचा पुरा गर्ने उद्धेश्यस्वरुप सडकहरु धमाधम कालोपत्रको काम अगाडि बढाइएको महानगर प्रमुखको भनाइ छ ।

महानगरपालिका भित्र निर्माण भइरहेका आयोजनाहरुमा ढिलासुस्ती हुनसक्ने भन्दै समयमा नै पूरा गर्नका लागि निरीक्षण गर्दै निर्धारित समयमा नै सक्नका लागि निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानुनको दायरामा ल्याइने दाबी गर्नुभयो ।

आगामी असार मसान्तमा निर्माण सम्पन्न हुनेगरि महानगरपालिकाको रिङ रोड तथा लिङ्क रोडको काम भइरहेको छ भने अन्य योजनाहरु समेत अबको १४ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेगरि सम्झौता भएको थियो ।

अनुगमनका क्रममा महानगरप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता एवम् वडाअध्यक्षहरु, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख, पत्रकार लगाएतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>