समाज
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई सम्मान पुरस्कार
०

काठमाडौँ,पुस ८-
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ चिकित्सक डाक्टर सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान पुरस्कारबाट सम्मानित गरिने भएको छ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो ।
साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुइतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>