देश/प्रदेश

मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा

Banner

भद्रपुर,  पुस ८-
झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।
हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने आयोजक संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए ।

निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवद्र्धनका लागि स्टलमा प्राथमिकता दिइएको महोत्सवमा सबै प्रकारका व्यापारिक र औद्योगिक उत्पादनको प्रदर्शनी हुने र पर्यटन प्रवद्र्धनका लागि समेत गतिविधि सञ्चालन गरिने अध्यक्ष तिम्सिनाले बताए ।

महोत्सवले निर्यातजन्य स्वदेशी कृषि वस्तुको व्यापार र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखिएको जनाउँदै मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले नगरको समृद्धिका लागि महोत्सव कोशेढुङ्गा बन्ने बताए ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा इलामको सन्दकपुर र जौबारीमा उत्पादित बहुमूल्य केशरको कक्षसमेत राखिने भएको छ । सन्दकपुर–५ जौबारीस्थित जौबारी मल्टिपरपोज एग्रिकल्चर एण्ड इन्भाइरोेमेन्ट सेन्टरले गत वर्षदेखि इलाममा व्यावसायिक केशर खेती गरिरहेको छ । केशरको प्रवद्र्धन र व्यावसायिक सम्भावनाको पहिचान गर्न अन्तरराष्ट्रिय महोत्सवमा केशरको छुट्टै प्रदर्शनीकक्ष राखिने संस्थाका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>