चितवन विशेष

डेक नेपालद्वारा कार्यप्रगति विवरण सार्वजनिक

Banner

चितवन, पुस ७-

डेभलपमेण्ड एक्सेन्ज(डेक)नेपालले गरेका कामको समीक्षा तथा कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

चितवनसहित धादिङ र मकवानपुर जिल्लामा दुई छुट्टाछुट्टै परियोजना मार्फत गरेका कामको उपलब्धि र प्रभावकारिताको विषय समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

चितवनमा चेपाङ महिला सशक्तिकरण कार्यक्रम, धादिङ र मकवानपुरमा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५\७६ मा गरेका कामको प्रगति विवरण सार्वजनिक गरिएको कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । चितवनमा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सशक्तिकरण कार्यक्रम सञ्चालनमा रहेको छ । सो कार्यक्रमअन्तर्गत चेपाङ बस्तीका अगुवा महिलालाई पैरवी मञ्चमा आवद्ध गराई सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

कार्यक्रमअन्तर्गत चेपाङ महिलालाई अधिकारको लागि सचेत गराउने, स्थानीय तहका योजना निर्माण प्रक्रियामा चेपाङ महिलाको सहभागिता सुनिश्चितता गराउने र सरकारी निकायलाई जवाफदेही र उत्तरदायी बनाउने कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक कार्कीले बताए । धादिङ र मकवानपुरमा सार्वजनिक सेवा प्रवाह र स्रोतको पहुँचमा नागरिक सहभागिता अभिवृद्धि गर्ने तथा नागरिक सामाजको भूमिका बढाउन पारस्परिक जवाफदेहिता कार्यक्रम सञ्चालनमा रहेको डेक नेपालका कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।

कार्यक्रममा गणेश लामाले कार्यप्रगति प्रतिवेदन तथा डेक नेपालका कोषाध्यक्ष केदार गौतमले कार्यक्रमको उद्देश्य र प्रभावकारिताको विषयमा जानकारी गराएका थिए । मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष धु्रव खड्का प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल चेपाङ संघ प्रदेश समितिका सचिव लक्ष्मण चेपाङ, गैरसहकारी संस्था महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी, गैरसहकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, डेक नेपालका संस्थापक सदस्य नरेन्द्रप्रसाद जोशी, धादिङका रञ्जित सिलवाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>