देश/प्रदेश
गुण्डागर्दीमा संलग्न दुई पक्राउ
०

काठमाडौँ, पुस ७
महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भनिने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
उनका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काई रकम माग गर्ने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए । उनीहरुविरुद्ध उजुरीसमेत परेको जनाइएको छ । आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>