चितवन विशेष

नेकपा चितवनले भन्यो: रत्ननगरमा आज नेकपाका कार्यकर्तामाथि भएको आक्रमण निन्दनीय

Banner

चितवन, पुस ६-

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले रत्ननगरमा कांग्रेस कार्यकताद्वारा आफ्ना नेता कुटिएको भन्दै घटनाको भत्र्सना गरेको छ ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो । मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा रत्ननगर नगरपालिका–५ निवासी नेपाली कांग्रेसका कार्यकर्ताहरु ऋषि गुरुङ, यादव पौडेल, प्रकाश खत्री, विकास गुरुङ, विष्णु रिमाल, श्री तामाङलगायतका व्यक्तिहरुले नेकपा जिल्ला कमिटी सदस्यहरु दुर्गाप्रसाद घिमिरे, स्थानीय नेता श्याम देवकोटा र रोजनाथ पाठकमाथि लछारपछार गर्दै कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उपभोक्ताहरुको अधिकारमाथि हस्तक्षेप गर्ने नियतले कार्यालय हाताभित्रै आक्रमण हुनु अत्यन्त निन्दनीय कार्य भएको उल्लेख छ ।

राजनीतिक पूर्वाग्रहका आधारमा नेपाली कांग्रेस पटकपटक नेकपाका नेता कार्यकर्तामाथि हिंसात्मक आक्रमणमा उत्रिँदै आएको भन्दै नेकपा चितवनले कानुन हातमा लिई सांघातिक आक्रमण गर्ने कांग्रेसको चरित्र नै बनेको भन्दै घटनाको घोर विरोध र भत्र्सना गरेको छ । घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न तथा पुरानो मेडिकल कलेज भरतपुरमा गम्भीर अवस्थामा आईसीयुमा उपचार भइरहेका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पार्टीले माग पनि गरेको छ ।

Mreegakunja press note (1)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>