अन्तर्राष्ट्रिय

निर्माताले दुई पटकसम्म बलात्कार गरेको बेलायती अभिनेत्रीको खुलासा

Banner

लण्डन, पुस ५-

बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू दुई पटकसम्म बलात्कृत भएको खुलासा गरेकी छन् ।

फिल्म निर्माता हार्बे विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको एक अन्तर्वार्तामा खुलाएकी हुन् । जुन घटना अझै खराब सपनाको रुपमा याद आइराख्ने उनको भनाइ छ । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको बताएकी हुन् ।

च्यानल ४ न्युजका लागि उनले दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । आफूले यस्तो कुरा हार्बे विन्स्टनसँग त्यसबेला नै भने पनि बेवास्ता गरेको बताइन् । मलाई एक बिहानको अझै सम्झना छ, उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्याकतिर धकेल्यो र रेप गर्‍यो’ उनले भनिन् ।

उनले अघि भनेकी छन्, उ मोटो थियो । उबाट म उम्किन खोजे पनि सकिनँ । अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि नभनेको पनि बताएकी छन् । ‘यो यौनको कुरा हैन, यो अपमान र नियन्त्रणको कुरा हो’ उनले भनिन् ।

यस्तै हार्बेले आफूलाई ‘केन्स फिल्म फेस्टिबल’को कोठाभित्र बसिरहेका बेला पनि बलात्कार गरेको दावी गरेकी छन् । केही वर्षअघि अमेरिकाबाट सुरु भएको मि टूु अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ । खासगरी फिल्मी क्षेत्रका अभिनेत्रीहरुले आफूमाथि कुनै पनि बेला भएका यौन शोषणका घटना बाहिर ल्याउन थालेका छन् ।

एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>