चितवन विशेष

चितवनको तापक्रम ८ डिग्री सेन्टिग्रेडमा झर्‍यो, सतर्क रहन मौसमविद्को आग्रह

Banner

चितवन, पुस ५

चितवनमा पुस लागेदेखि नै चिसो बढ्दै गएको छ ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा हरेक दिन तापक्रम निरन्तर घट्दै गएको छ । शुक्रबार चितवनको न्यूनतम तापक्रम ९ डिग्री सेन्टिग्रेड रहेकोमा आज शनिबार बिहान तापक्रम घटेर ८ डिग्री सेन्टिग्रेड पुगेको थियो । आज दिउँसो घाम लाग्दा भरतपुरको तापक्रम १६ डिग्री सेन्टिग्रेड पुगेको छ । चितवनमा अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।
त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी ÷हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ । आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सी सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ । त्यस्तै धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>