चितवन विशेष
चितवनमा निर्माणधीन रंगशालालाई क्रिकेट समर्थक समाजले दियो २ लाख
०

चितवन, पुस ५–
चितवनको भरतपुरस्थित रामपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ । विभिन्न संघसस्था, महिला समूहहरुले सहयोग गरिरहँदा क्रिकेट खेलका समर्थकहरुले पनि सहयोग गर्न थालेका छन् ।
आम समर्थकहरुको प्रतिनिधि संस्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले रंगशाला निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
समर्थक समाजले आफ्ना सदस्यहरुबाट संकलन गरेको २ लाख आज (शनिबार) रंगशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेको छ । क्रिकेटका समर्थकहरुले रंगशाला निर्माणलाई तीव्रता दिने क्रममा श्रमदान समेत गर्दै आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>