चितवन विशेष

आचार्य बने नेपाल विज्ञापन संघ प्रदेश ३ को संयोजक

Banner

चितवन, पुस ५–

कालिका मिडिया ग्रपमा आवद्ध ओमप्रकाश आचार्य नेपाल विज्ञापन संघ (आन) प्रदेश ३ को संयोजकमा चयन भएका छन् ।

संघका केन्द्रीय अध्यक्ष रविन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच आचार्यलाई विज्ञापन संघ प्रदेश नम्बर ३ को संयोजक घोषणा गरेका हुन् । प्रदेश समितिको संयोजक बाहेक अन्य सदस्यको चयन भने पछि गरिने भएको छ ।

विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए । नवनियुक्त संयोजक आचार्य लामो समयदेखि संचारमाध्यममा आवद्ध भएर विज्ञापन निर्माणको काम गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>