चितवन विशेष

राप्तीको प्लाई उद्योगमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आयो

Banner

चितवन, पुस ४–

पूर्वी चितवनको राप्ती नगरपालिका–६ पम्फा पुल नजिकै रहेको ओम शिव स–मिल एण्ड भेनियल उद्योग (प्लाइ उद्योग)मा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

आज दिउँसो ३ः२५ बजे समयमा लागेको आगो अपरान्ह ५ः२० बजेको समयमा नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ ।

राम उप्रेतीको सो उद्योगमा अचानक बिजुली सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिकाको दुई वटा र भरतपुर महानगरपालिकाको एउटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागिबाट के कति क्षति भयो भन्ने बारे एकीन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>